देउवा निवासमा कांग्रेस–माओवादी केन्द्र, जसपाको बैठक जारी

No Images Found

काठमाडौं : बुढानिलकण्ठ स्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा माओवादीसहितको बैठक जारी छ । बैठक बिहान करिव ११ बजेदेखि सुरु भएको हो ।

बैठकमा सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल, पूर्वसभामुख ओन्सरी घर्ती मगरलगायत सहभागी छन् ।

त्यस्तै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा छन् । अहिले कांग्रेसका अर्का महामन्त्री डा. शशांक कोइराला पनि थपिएको बताइएको छ ।

गठबन्धन सरकार बनाउन चुकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (३) अनुसार पुनः नियुक्त भइसकेका छन् । शपथको तयारी भइरहेको छ । उता, विपक्षी गठबन्धन मोर्चा कसेर छलफल आरम्भ गरेको छ ।