भारतमा संक्रमित भन्दा निको हुनेको संख्या धेरै

No Images Found

एजेन्सी : पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४२ हजार ८९६ कोरोना संक्रमितको पहिचान भएको छ भने ३ लाख ४४ हजार ५७० निको भएका छन् । ३,९७७ बिरामीको मृत्यु भएको छ ।

मे महिनामा नयाँ बिरामीभन्दा निको हुने संख्या धेरै भएको यो तेस्रो पटक हो । चार दिन अघि १० मेमा ३.२९ लाख संक्रमित भेटिएका थिए र ३.५५ लाख संक्रमित निको भएका थिए । त्यसको भोलिपल्ट ११ मे मा ३.४८ लाख नयाँ बिरामीको तुलनामा ३.५५ लाख संक्रमित निको भएका थिए ।

कोरोनाको दोस्रो लहरमा सबैभन्दा धेरै सक्रिय संक्रमित अर्थात्, उपचार गराइरहेका बिरामीको संख्या ९ मेमा ३७.४१ लाख थियो जुन अब घटेर ३७ लाख भएको छ । बिहिबार यसमा ५,७५३ को कमी आयो । भारतमा निको भइसकेका कोरोना बिरामीको संख्या २ करोडभन्दा बढी भएको छ ।