भारतीय युट्युबमा रिलिज हुदै: नेपाली चलचित्र ‘वीर विक्रम २’

No Images Found

काठमाडौं : नेपाली चलचित्र ‘वीर विक्रम २’ भारतीय यूट्युब च्यानलबाट रिलिज हुने भएको छ । भारतका थिएटरमा ‘वीर विक्रम २’ रिलिज गर्न दुई वर्ष अगाडि मुम्बईमा फिल्मको हिन्दी डबिङ गरिएको हो ।

निर्माता तथा निर्देशक मिलन चाम्सका अनुसार एक महिनाभित्र फिल्मको हिन्दी डब यूट्युबमा रिलिज हुने छ । भारतमा दर्शकको संख्या उल्लेख्य रहेकाले पनि फिल्म मनपराउनेमा उनी आशावादी छन् ।

उनले आफ्नो फेसबुकमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता पल शाहबीचको संवाद हिन्दीमा स्वरांकन भएको दृश्य शेयर गरेका छन् ।

बाल्यकालदेखिका दुई साथीको भावनात्मक सम्बन्धको कथा बोल्ने फिल्ममा नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारीलगायतको अभिनय छ ।

कुनै समय नेपाली फिल्मको छायांकन पछि त्यसको पोस्ट प्रोडक्सनको काम भारतको मुम्बईमा गरिन्थ्यो । अहिले त्यसको ठिक विपरित सबै काम नेपालमै गरिन्छ ।