सुनको भाउ आज स्थिर, चाँदी भाउमा सामान्य गिरावट

No Images Found

काठमाडौं : साताको अन्तिम दिन शुक्रबार स्थानीय बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा रहेको छ ।

यसअघि बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । सोही परिमाणको तेजावी सुन आज शुक्रबार प्रतितोला ९१ हजार १०० रुपैयाँ रहेको थियो ।

यता, चाँदी भाउमा भने सामान्य गिरावट आएको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घटेर आज १३ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।