९४ वर्षीया वृद्धामा मृत्युपछि देखियो कोरोना संक्रमण

No Images Found

ताप्लेजुङ : एक वृद्धामा मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–२ की ९४ वर्षीया वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

वृद्धाको शुक्रबार दिउँसो मृत्यु भएपछि जिल्ला अस्पतालको टोलीले घरमै पुगेर एन्टिजेन परीक्षण गरेको थियो ।

अस्पतालका प्रमुख डा. सोनिङ लामाका अनुसार वृद्धामा केही दिनदेखि ज्वरो र रुघाखोकीको समस्या देखिएको थियो ।

वृद्धाको शुक्रबारै काबेली घाटमा अन्त्येष्टि गरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परिवारले अन्त्येष्टि गरेका हुन् । बैशाख महिनामा जिल्लामा ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।