कपिलवस्तुमा बालिकामाथि सामूहिक बलात्कार

No Images Found

बुटवल: प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिका–६ स्थित कुरदबेटवामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

गएराती ९ बजेतिर गोठबाट घर जाँदै गरेकी १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा कुदरबेटवा बस्ने २६ वर्षीय इलियस मुसलमान र २१ वर्षीय चिनका मुसलमान उर्फ सलमानलाई पक्राउ गरिएको हो ।

बालिकालाई मोटरसाइकलमा राखेर आँपको बगैँचामा लगेर उनीहरुले बलात्कार गरेको पीडितले प्रहरीलाई बताएका छन् । आरोपीहरुमाथि बलात्कार मुद्दामा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।