जनस्वास्थ्यकर्मी रत्नलाल श्रेष्ठको निधन

No Images Found

काठमाडौं : कोरोना संक्रमणबाट जनस्वास्थ्यकर्मी रत्नलाल श्रेष्ठको निधन भएको छ। २ साताअघि कोरोना पोजिटिभ देखिएर बलम्बुस्थित एपिएफ अस्पतालमा उपचाररत श्रेष्ठको सोमबार उपचारका क्रममा निधन भएको हो ।

संक्रमणका कारण स्वास्थ्यमा समस्या थपिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

अस्पताल भर्ना भएको एक सातापछि अवस्था थप जटिल बन्दै गएका कारण आइसीयू र त्यसपछि भेन्टिलेटरमा राख्नु पर्ने अवस्था आएको थियो।

६५ वर्षीय श्रेष्ठ ५ वर्षअघि वरिष्ठ जनस्वास्थ्य प्रशासक पदबाट सेवा निवृत्त भएका थिए।