भारतीय नागरिक बोकेर साउदी उड्दैँ पाँच नेपाली जहाज

No Images Found

काठमाडौं : त्रिभुवन विमानस्थबाट एकै दिन (मंगलबार) पाँच वटा जहाज काठमाडौंबाट साउदी अरेवियाका लागि उड्दैछन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज हिमालय एयरलाइन्सका तीन र नेपाल एयरलाइन्सका दुई जहाज साउदी जान लागेका हुन् । यसमध्ये दुई जहाज बिहान उडिसकेका छन् भने ३ जहाज साझ उड्दै छन् ।

नेपालमा निषेधाज्ञा घोषणा नहुँदै नेपाल आई काठमाडौंमै रोकिएका भारतीय नागरिकलाई भारत र साउदी सरकारको सहमतिमा उडानको बाटो खोलिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालयलाई तीन र नेपाल एयरलाइन्सलाई सात उडानको अनुमति दिएको छ । नेपाल एयरलाइन्सले थप उडान १९, २०, २१ २२ र २३ तारीखमा गर्ने गरि तालिका बनाएको छ ।

विमानस्थल कार्यालयका अनुसार आज बेइजिङबाट नेपाल एयरलाइन्सको जहाज अक्सिजन सिलिण्डर लिएर आउँदैछ । यो जहाज पुनः सिलिण्डर लिन आजै राती बेइजिङ जाने कार्यक्रम छ ।

आज बिहान हिमालय एयरलाइन्सको जहाज कुनमिङबाट कार्गो लिएर आएको छ । हिमालयको अर्को जहाज आज राति कुनमिङ जाने छ ।

आज नेपालमा रहेका रसियाली नागरिकलाई घर फर्काउन रसियन एयरलाइन्सको जहाज मस्कोबाट आएको छ । यो जहाज मस्कोका लागि उडिसकेको विमानस्थल कार्यालयले जनाएको छ ।