मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु

No Images Found

काठमाडौं : सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुरमा एकजनाको मृत्यु भएको छ ।

महेन्द्रनगर बजारबाट भीमदत्त नगरपालिका–१ को राजीपुर जाँदै गरेको से ५ प ५५३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएकोहो ।

मृत्यु हुनेमा चालक सोही ठाउँका २८ वर्षीय सुनिल लामिछानेको रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको हो ।