उपत्यकामा थपिए २ हजार ४८६ नयाँ संक्र’ मित

No Images Found

काठमाडौं : उपत्यकामा २ हजार ४८६ नयाँ संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशाला गरिएको परीक्षणमा उपत्यकाका तीन जिल्लामा २ हजार ४८६ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं १ हजार ९८८, ललितपुर २७० र भक्तपुरमा २२८ जनामा संक्रमण देखिएको हो ।

२४ घण्टामा देशभर पीसीआर विधिबाट भएको परीक्षणमा ८ हजार ६४ जनामा संक्रमण देखिएको छ भने सोही सोही अवधिमा ७ हजार ९ सय ८९ निको भएका छन् ।