ओखलढुंगामा एकैदिन थ’ पिए ६६ जना कोरोना संक्रमित

No Images Found

ओखलढुंगा : बुधबार ओखलढुंगामा एकैदिन ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

गत सोमबार जिल्लाका तीन स्थानीय तहबाट १ सय ४६ जना व्यक्तिहरूकोे स्वाव संकलन गरेर परीक्षण गरिएकोमा ६६ जनामा संक्रमण पोजेटिभ देखिएको हो ।

संक्रमित देखिएकामध्ये सुनकोशी गाउँपालिकाका १९ जना, चिशंखुगढी गाउँपालिकाका २२ जना र लिखु गाउँपालिकाका २५ जना रहेका छन् । नयाँ थपिएका संक्रमितमध्ये ३४ जना महिला र ३२ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यलय ओलखढुंगाले जनाएको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था समान्य रहेको र हाल होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यलयले बताएको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या १ सय ७० पुगेको छ । यीमध्ये ९ जनाले कोरोना संक्रमणपछि निको भई घर फर्किएका छन् ।