कोरोनाबाट २४६ जनाको मृत्यु, ७९८९ जना संक्रमण मुक्त

No Images Found

काठमाडौं पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणका कारण २४६ जनाको मृत्यु भएको छ।

यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार १७३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

पीसीआर परीक्षणबाट ८ हजार ६४ जनामा र एन्टीजेन परीक्षणबाट १०९ जनामा संक्रमण देखिएको हो।

बुधवार बुलेकीसम्म ७ हजार ९८९ जना संक्रमण मुक्त भएका छन्।

यस्तै काठमाडौंमा १ हजार ९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।