ट्रेकिङ गएका युवाको हिउँमा चिप्लेर मृत्यु

No Images Found

काठमाडौं : संखुवासभाका एक युवाको हिउँमा चिप्लेर मृत्यु भएको छ ।

मंगलबार बिहान सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ४ को बेशक्याम्प २ मा पुगेर आधार शिविरतर्फ फर्कने क्रममा संखुवासभा याफुका २८ वर्षीय पेम्बा टासी शेर्पाको हिँउमा चिप्लिएर मृत्यु भएको हो ।

मृतक शेर्पाको शव उनका साथीहरुले उद्धार गरी आधार शिविरमा राखेको र हेलिकोप्टर मार्फत लुक्लातर्फ लैजाने पहल भइरहेको प्रहरीले जनाएको छ ।