दाउन्ने दुर्घटनामा ४ जनाको मृत्युः मृतक दुईको परिचय खुल्यो, घाइतेको उपचार चल्दै

No Images Found

काठमाडौं : नवलपरासी पश्चिममा भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ, भने ४९ जना घाइते भएका छन् ।

काठमाडौंबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट तल खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी कल्पना पुन र सिस्ने गाउँपालिकाका धनराज घर्तीको मात्रै परिचय खुलेको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डीएसपी राजु लामाले बताएका छन् । ४९ जना घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएर पनि फरार भएका बस चालकलाई प्रहरीले पक्राउ गरेर अस्पताल पुर्याएको छ । निषेधाज्ञामा पनि बसले कसरी मान्छे बोकेर हिँड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।