नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर घा’ इते युवकको मृ’ त्यु

No Images Found

बुटवल : सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते नवलपरासी पश्चिमका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको छ ।

स्थानीय अस्पतालमा उपचार गर्न सम्भव नभए पछि बुटवल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाले जानकारी दिएका छन् ।

शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल पठाइएकोमा राजभरको बाटोमै मृत्यु भएको हो ।

बुधबार बिहान सुस्ता गाउँपालिका–५ स्थित नथुईबाट भारततर्फ जान लागेका स्थानीय युवालाई सशस्त्र प्रहरीले रोकेको थियो । त्यसपछि ५०र६० जना स्थानीय युवाले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि गोली चलाएको सशस्त्र प्रहरीको रहेको दावी छ ।

कोभिड–१९ को जोखिमका कारण रोकेर सोधपुछ गर्न खोज्दा गाउँलेको समूह आएर ढुंगामुढा गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीले बताएको छ ।