नेपाल आइपुग्यो, स्पेनले पठा’ एको स्वास्थ्य सामग्री

No Images Found

काठमाडौं : स्पेनले नेपाल सरकारलाई उपलब्ध गराएको कोभिड स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ। स्पेनको स्वास्थ्य मन्त्रालयले कार्गो गरेर आइबेरिया एयरलाइन्समार्फत १४ करोड २० लाख रुपैयाँ मुल्य वरावरको स्वास्थ्य सामाग्री नेपाल पठाएको हो ।

कार्गोमा ५ टनभन्दा बढी कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री रहेको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर स्वास्थ्य सामाग्री बुझेका छन् ।

यसैबीच स्वास्थ्य सामाग्री लिएर आएको जहाजले स्पेनिस नागरिकलाई फिर्ता लिएर जाने बताइएको छ। नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै नेपालमै रोकीएका नागरीकलाई सोही जहाजमा स्वदेश फकाईने पनि जनाइएको छ।

नेपालका लागि विदेशीमुलकबाट प्राप्त भएको सहयोग सामाग्री यो हालसम्मकै धेरै भएको मन्त्रालयको भनाई रहेको छ ।