सुनको मूल्यमा पुनः वृद्धि

No Images Found

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । बुधबार तोलामा एक सयले घटेको सुनको मूल्य आज भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजो छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

आज तेजावी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम गरिएको छ । यसैगरी आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले सस्तिएको छ । चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँ रहेको थियो ।