देउवा निवासमा सर्वदलीय छलफल, प्रचण्डमाधव नेपाल पनि पुगे

No Images Found

काठमाडौं : नयाँ सरकार गठनको समय छोटिंदै जाँदा दलहरुको भटघाट निकै बाक्लिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा एमालेका असन्तुष्ट समूहको नेतृत्व गरिरहेका माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगि सकेका छन् ।

प्रचण्डसँग अन्य केहि नेता पनि देउवा निवास पुगेका छन् । छलफल केही समय अगाडिबाट सुरु भएको छ ।

त्यसअघि देउवा निवासमा कांग्रेस पदाधिकारीको बैठक बसेको थियो । कांग्रेसले सम्भावित सबै विकल्पमा दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।

यसैगरी शुक्रबार बिहानै जसपाको महन्थ ठाकुर पक्षले आफू निकट सांसदहरुसँग पछिल्लो परिस्थितिबारे छलफल गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि आजै साँझ ५ सम्मको समय दिएकी छन् । समय छोटिँदै जाँदा दलहरूबीच संवाद तीव्र बनेको छ ।