दैलेखमा घर भत्किँदा च्यापिएर एक जनाको मृ’ त्यु

No Images Found

दैलेख : जिल्लाको भैरबी गाउँपालिका–२ रावतकोटस्थित बालेसैनीमा बिहीबार रातिदेखि परेको अबिरल वर्षाले घर भत्किँदा एक जनाको मृत्यु भएको छ । ६२ वर्षीया वृद्धा लक्ष्मी थापाको मृत्यु भएको हो ।

अबिरल वर्षातले दुई तले माटोको घरको बरण्डा भत्काएको छ । लक्ष्मीका तीनजना नातीनतिना र छोरा भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताएका छन् ।

घर भत्किँदा च्यापिएर ज्यान गुमाएकी लक्ष्मी केहि दिनअघि देखिज्वरो आउनेलगायतका स्वास्थ्य समस्याले थलिएकी थिइन् । शुक्रबार बिहान स्थानीय एक मेडिकलमा सामान्य चेकजाँच र उपचार गरेर घर फर्किएकी थिइन् । मेडिकलबाट फर्किएर घरको बरण्डामा बसेकी लक्ष्मीलाई एक्कासी घरको बरण्डा भत्किएर च्यापेको हो ।

दैलेखमा बिहीबा रातिदेखि अविरल वर्षा भइरहेको छ । वर्षाका कारण केहि सडकमा क्षति पुगेको प्रहरीले जनाएको छ ।