भारतमा बिहिबार ३४ दिनपछि सबैभन्दा कम कोरोनाका संक्रमित, निको हुनेको संख्या धेरै

No Images Found

एजेन्सी : भारतमा कोरोना संक्रमणको ग्राफ क्रमशः कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा २.५९ लाख संक्रमित भेटिएका छन् भने ३.५७ लाख बिरामी निको पनि भएका छन् ।

तर महामारीका कारण ज्यान गुमाउनेको आँकडा एकपटक पुनः चार हजार पार भएको छ । बिहिबार ४,२०८ बिरामीको मृत्यु भएको छ । यसरी सक्रिय संक्रमितको संख्यामा १.०२ लाखको कमी आएको छ ।

बिहिबार कोरोनाका नयाँ संक्रमितको आँकडा २४ दिनमा सबैभन्दा कम रहेको छ । यसअघि १६ अप्रिलमा २.३४ लाख नयाँ संक्रमित भेटिएका थिए । भारतमा लगातार ८ दिनदेखि नयाँ संक्रमितको तुलनामा निको हुने संक्रमितमा कमी आइरहेको छ ।