कार्यालय परिसरमै गरे प्रहरी जवानले आत्म’ हत्या

No Images Found

बर्दिया : बर्दियाको कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत पाल्पाका एक प्रहरी जवानले आत्महत्या गरेका छन् ।

ढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत प्रहरी जवान कुशल खाम्चाले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

पाल्पा रम्भा गाउँपालिका घर भएका २५ वर्षीय खाम्चाले गएराति चौकी परिसरभित्रकै रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया पुर्याइएको छ । घटनाका विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।