शनिबार मात्र १५० भन्दा बढी आरोही पुगे सगरमाथाको चु’चुरोमा

No Images Found

काठमाडौं : शनिबारबाट मौसममा सुधार भएसँगै सगरमाथा आराहण गर्नहरुको संख्या बढेको छ। आरोहीहरु शनिबार राति नै चुचुरोतर्फ लागेका थिए । त्यसमध्ये १५० भन्दा आरोहीले चुचुरो चुमिसकेका छन् ।

पर्यटन विभागबाट खटिएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार आइतबार सगरमाथाको मौसम राम्रो छ । सोहीकारण आरोहीलाई सहज समेत भएको छ ।

आरोहण सकिएपछि यो टोली तल झर्नेछ । त्यसपछि पुनः अर्को टोलीले भने आगामी साता मात्र आरोहणको योजना बनाउने छ । आजपछि अब २८/२९ तारिखमा मात्र मौसम अनुकुल हुने श्रेष्ठले जानकारी दिएका छन् ।