श्रीमानको कुटपिटबाट श्रीमतीको मृ’ त्यु

No Images Found

काठमाडौं : काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिका–४ माईती नेपाल चोकमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।

गोकर्णेश्वरमा डेरा गरी बस्ने सोलुखुम्बु सोताङ गाउँपालिका–४ घर भएकी ५२ वर्षीया डोमा शेर्पाको कुटपिटबाट गएराति मृत्यु भएको हो ।

डोमा र उनका पति ६३ वर्षीय क्षेत्र शेर्पा बिच वादविवाद हुँदा क्षेत्रले कुटपिट गर्दा डोमा घाइते भएकी थिइन ।

महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि नारायणटारस्थित शखंरापुर अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बौद्धबाट समेत खटिएको प्रहरीले आरोपी क्षेत्रलाई नियन्त्रणमा लिई सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।