सुन महङ्गिदा सस्तियो चाँदी

No Images Found

काठमाडौं : साताको पहिलो दिन आइतबार सुनको भाउ बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ३०० रुपैयाँले बढेको हो ।

सोही परिमाणको तेजावी सुनको भाउ आज प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको भाउ भने घटेको छ । शुक्रबार एक हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार एक हजार ३४५ रुपैयाँ रहेको छ ।