सुविधावापत पाएको गाडी फिर्ता गरिन्: एमालेकी सचेतक चौधरी

No Images Found

काठमाडौं : नेकपा एमालेकी संसदीय दलकी सचेतक शान्ता चौधरीले सांसदको जिम्मेवारीबाट मुक्त भए लगत्तै आफुँले प्राप्त सुविधा फिर्ता गरेकी छिन् ।

दलका सचेतकले संसद सचिवालयबाट सुविधावापत गाडी पाउने व्यवस्था छ । चौधरीले प्रतिनिधिसभामा दाङबाट प्रतिनिधित्व गरेकी थिइन् ।

‘राज्यको साधन राज्यका लागि नियम अनुसार प्रयोग गरियो, जिम्मेवारी मुक्त भएपछि आजबाट राज्यलाई नै फिर्ता गरियो,’ चौधरीले समाजिक संजाल फेसबुकमा लेखेकी छिन् ‘जिम्मेवारीले जिम्मेवार बनाउँदो रहेछ,सिक्दै दायित्व निर्वाह गरेँ। धेरै साथीहरुको सल्लाह, सुझाव र बौद्धिक सहयोग पाउन सकेँ । पार्टी नेतृत्व र सिंगो पार्टी पंक्तिको साथ पाएँ । म सबैप्रति नतमस्तक भएर श्रद्धा व्यक्त गर्न चाहन्छु ।’

चौधरीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र एमालेको संसदीय दलको सचेतकको रूपमा ३ वर्ष भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरेको त्यसबाट धेरै सिक्ने अवसर पाएको बताएकी छिन् ।