उपत्यकामा नि’ षेधाज्ञा लम्ब्याउने तयारी गरिदैँ

No Images Found

काठमाडौं : उपत्यकामा जारी निषेधाज्ञा थप लम्ब्याउने तयारी भइरहेको छ । कोरोना भाइरसको संक्रमण बढेपछि नियन्त्रणका लागि गत वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा पुनः थप गर्ने तयारी गरिएको हो ।

यसअघि उपत्याकाका तीन जिल्ला प्रशासनमार्फत् सुरुमा वैशाख २२ गतेसम्म एक हप्ता निषेधाज्ञा लगाइएको थियो । पुनः थपेर मसान्तसम्म लागाइएको निषेधाज्ञा फेरि अर्कोपटक थप गरेर जेठ १३ गतेसम्म लम्ब्याइएको थियो । थपिएको अवधि भोलि मंगलबार मध्यराति सकिँदै छ । त्यसअगाडि नै निषेधाज्ञा थप गर्नेबारे छलफल भइरहेको बताइएको छ ।

उपत्यकामा कोरोना संक्रमण दर केही घट्न थाले पनि अवस्था अझै खतरायुक्त नै रहेकोले उपत्याकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल गरेर थप निर्णय लिइने बताइएको छ । यसपटक कति दिनका लागि थप गर्ने भन्ने निर्णय छलफलबाट तय गरिने बताइएको छ ।