शेयर बजारमा नयाँ रेकर्ड, १३ अर्ब बढीको कारो’ बार

No Images Found

काठमाडौं : कारोबार साताको दोस्रो दिन सोमबार सेयर बजारले अर्को ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

सोमबार तीन अंकले बढेर २८ सय २३ विन्दुमा पुगेको बजारमा कारोवार रकम अहिलेसम्मकै बढी १३ अर्ब १७ करोड भएको छ । बजार ३.७ अंकले बढेर २८२३.६ बिन्दुमा अडिएको छ । पाँच वटा समुहमा हरियाली छाएको छ भने बाँकी समुह घटेको छ ।

४ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । बरुण हाइडोपावरको सेयर मूल्य ९.९५ प्रतिशतले बढेर प्रतिसेयर ४ सय ४२ रुपैयाँ कायम भएको छ ।

हाइड्रोइलेक्टिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । यसको १ अर्ब २५ करोड बढीको सेयर खरिद बिक्रि भएको हो ।