सुनको भाउमा निरन्तर वृद्धि

No Images Found

काठमाडौं : सुनको भाउमा पुनः वृद्धि भएको छ । सोमबार सुन र चाँदीको भाउ बढेको हो । सुन तोलामा सय रुपैयाँले बढेको छ भने चाँदी ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको भाउ ९३ हजार ७ सय कायम गरेको छ । आइतबार तोलाको ९३ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै तेजावी सुनको मूल्य पनि बढेर ९३ हजार २ सय पुगेको महासंघले जनाएको छ ।

आइतबार तोलाको ५ सय रुपैयाँले घटेको चाँदीको मूल्य सोमबार ५ रुपैयाँले नै बढेको छ । महासंघले चाँदीको मूल्य तोलाको १३ सय ५० कायम गरेको छ । आइतबार तोलाको १३ सय ४५ रुपैयाँ कायम गरिएको थियो ।