एम्बुलेन्समा गाँजा तस्करी गर्ने दुईजना प’ क्राउ

No Images Found

काठमाडौं : प्रहरीले सुनसरीमा एम्बुलेन्समा गाँजा तस्करी गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका–२ स्थित सडकबाट को१च ५५५९ नम्बरको एम्बुलेन्समा ल्याउँदै गरेको १०० किलो गाँजासहित प्रहरीले पक्राउ हो ।

पक्राउ पर्नेहरुमा एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय बलबहादुर लिम्बू र धरान–११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका–१ घर भएका २८ वर्षीय पोशन राई रहेका छन् ।

धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा एम्बुलेन्सपछाडिको भागमा चारवटा झोलामा रहेको उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।