नेपाली फुटबल टिम आज इराक प्र’ स्थान गर्दैँ

No Images Found

काठमाडौं : आज नेपाली फुटबल टोली मंगलबार इराक प्रस्थान गर्दैछ ।
इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायररएसियन कप क्वालिफायरको लागि टोली प्रस्थान गर्न लागेको हो । टोलीमा २३ खेलाडी र अफिसियल गरी ३५ जना रहेका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले इराक जाने २३ खेलाडी र १२ अफिसियलको कोरोना परीक्षणको नतिजा नेगेटिभ आइसकेको जनाएको छ । नेपाली टोली मंगलबार राति १० बजे कतार एयरवेजको विशेष उडानमार्फत इराक प्रस्थान गर्दैछ ।

टोलीमा २३ खेलाडी, तीन प्रशिक्षक, फिजियो, म्यानेजरलगायत अन्य १२ जना छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल समेत नेपाली टोलीसँगै जानेछन् ।

कुवेतका अब्दुल्लाह अलमुताइरी मुख्य प्रशिक्षक बनेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

नेपालले जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ र विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ । जहाँ नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

समूह बी मा रहेको नेपालले यसअघि ५ खेल खेल्दा १ जितबाट ३ अंक जोडेको छ ।