बाल मन्दिरका ४९ बालबालिकामा कोरोना सं’ क्रमण पुष्टि

No Images Found

काठमाडौं : नेपाल बाल संगठन अन्तर्गतका नक्साल र सिफल बाल मन्दिरका ४९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ वर्ष माथिका बालबालिकाहरु केहीमा सामान्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । नक्सालको संक्रमित बालबालिकालाई आइसोलेसनमा राखिसकिएको छ ।

यस्तै सिफलका बालबालिकालाई पनि आज साँझसम्म आइसोलेसन सेन्टरमा राखिने र अपाङ्गता भएका बालबालिकालाई भने बागडोलमा रहेको अपाङ्गता आइसोलेसन केन्द्रमा राखिएको बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले जानकारी दिएकी छन् ।

यसै गरी कोरोना परीक्षण गर्दा नक्साल र सिफलमा कार्यररत १० जना कर्मचारीमा समेत कोरोना पोजिटिभ देखिएको छ । अहिलेसम्म सबैको अवस्था सामान्य रहेको अध्यक्ष न्यौपानेले बताएकी छन् ।