मंगलवार घट्यो सुनको मूल्य, चाँदीको भाउ स्थिर

No Images Found

काठमाडौं : नेपाली बजारमा मंगलवार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमवार १०० ले बढेको सुनको भाउ मंगलवार २०० ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला ९३ हजार ५०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ७०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला २०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजारमा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला ९३ हजार २०० मा कारोबार भएको थियो ।

यस्तै, मंगलवार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमवार प्रतितोला १ हजार ३५० मा कारोबार भएको चाँदी मंगलवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको छ ।