हात्तीको आक्रमणबाट आमा’ छोरीको मृत्यु

No Images Found

काठमाडौं : बर्दियाको गेरुवा गाउँपालिका १ स्थित आफ्नै घर अगाडि बसेका आमा छोरीको हात्ती आक्रमणबाट मृत्यु भएको छ । सरखोल, खचकपुर बस्ने ३७ वर्षीया चन्द्रा विक र उनकी छोरी तीन वर्षीया दिपीकाको मृत्यु भएको हो ।

सोमबार राति आफ्नै घरमा बसिरहेको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको दुईवटा जंगली हात्तीले सूँडले च्यापेर चन्द्रालाई ३० मिटर पर पछारेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो ।

उनकी ३ वर्षीया छोरी गम्भीर घाइते दिपीकालाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज लगिएकोमा आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।