अज्ञात रोगले घारमै मौरी मर्न थालेपछि किसान चिन्तामा

No Images Found

काठमाडौं : हुम्लाको सिमकोट गाउँपालिकामा अज्ञात रोगका कारण मौरी घारमै मर्न थालेका छन् । सिमकोट–७ जबुका गाउँका लामो समयदेखि मौरीपालन व्यवसाय गर्दै आएका कृषकको अज्ञात रोगका कारण घारमै मौरी मर्न थालेका हुन् ।

व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका वडा नं ७ का गोइते सिंहका २० घारमध्ये पाँच घारमा अज्ञात रोगले मौरी मरेका एक स्थानीयले बताएको छन् । अज्ञात रोगले घारभित्रै मौरी मर्न थालेपछि चिन्ता बढेको छ ।

मौरी के कति कारणले मरे भन्नेबारे अहिलेसम्म कुनै जानकारी हुन सकेको छैन । एक्कासि मौरी मर्न थालेपछि व्यवसाय नै चौपट होला भनेर मौरीपालक कृषक चिन्तामा परेका छन्। जिल्लामा एक माना महको रु एक हजार देखि एक हजार २०० सम्म मूल्य पर्ने गरेको छ ।