कोरोना कारण भौतिक दुरी कायम गरेर लुम्बिनीमा प्रार्थना

No Images Found

काठमाडौं : बुद्ध जन्मस्थल लुम्बिनीमा कोरोना महामारीका कारण सीमित व्यक्तिको उपस्थितिमा प्रार्थना गरिएको छ ।

निषेधाज्ञाका कारण सरकारले तय गरेका मापदण्डअनुसार लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा महायानी, बज्रयानी र थेरवादी सम्प्रदायका गुरु र गुरुमा, भिक्षु र भिक्षुणी र लामाहरु उपस्थित भएर बुद्धपूजा र मन्त्रोचारण गरिएको छ ।

कार्यक्रमस्थलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सभा सदस्य फखरुद्दिन खान, लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीमात्रै सहभागी थिए ।

महामारीकै कारण कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगरेको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिएका छने ।