कोरोना खोप लगाउने पहिलो पुरुषको मृ’ त्यु

No Images Found

एजेन्सी : विश्वमा कोरोना खोप लगाउने दोस्रो व्यक्ति बेलायतका विलियम बिल शेक्सपियरको मृत्यु भएको छ।

८१ वर्षीय विलियमको मे २० का दिन मृत्यु भएको बेलायती मिडियाले जनाएका छन्। उनले २०२० डिसेम्बर ८ का दिन कोरोना खोप लगाएका थिए। उनी विश्वमा कोरोना खोप लगाउने पहिलो पुरुष हुन्।

उनीभन्दा अघि ९१ वर्षीया मार्गरेट कीननले कोरोना खोप लगाएकी थिइन्। विलियमलाई लागेको रोग भने ‘अज्ञात’ बताइएको छ।