बुधबार दिउँसो नेपाली राष्ट्रिय फुटबल टिम पुग्यो इ’ राक

No Images Found

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिम बुधबार दिउँसो इराकको बासरा सहर पुगेको छ । मंगलबार राति विशेष विमानबाट उडेको नेपाली राष्ट्रिय टिम कतार भएर बासरा पुगेको हो । नेपाली टिम त्यहाँको सेराटन होटलमा बसेको छ ।

नेपालले कुवेतमा हुने विश्वकप एसियाली छनोटका बाँकी खेल अगाडि पूर्व एसियाली च्याम्पियन तथा एसियाली फुटबल शक्ति इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेल जेठ १५ शनिबार बासराको अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । नेपालले आफूभन्दा निकै माथिल्लो वरीयताको टिमसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको यो पहिलो पल्ट हो ।

नेपालले कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुटारीको नेतृत्वमा खेल्न लागेको यो पहिलो खेल हुनेछ । त्यसपछि नेपालले विश्वकप छनोटअन्तर्गत चानिया ताइपेयी, जोर्डन र अस्ट्रेलियाविरुद्ध खेल्नेछ ।

यस विश्वकप छनोट एसियाकप छनोटका रूपमा पनि रहेको छ र यसमा आफू अनुकूल नतिजा निकाल्न सके नेपालसामु एसियाकपमा छनोटको सम्भावना बढाउन सक्नेछ ।