बुधबार संक्र’ मितभन्दा निको हुनेको संख्या धेरै

No Images Found

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ६ हजार ६ सय ७७ जनामा संक्रमण पोजेटिभ देखिएको हो। त्यस्तै ३७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो। पछिल्लो २४ घण्टामा १९ हजार ३ सय ५२ नमूनाको कोरोना परीक्षण गरिएको छ।

त्यस्तै मन्त्रालयका अनुसार ६ हजार ७ सय १६ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् भने यस अवधिमा १४५ जनाको मृत्यु भएको छ।

हालसम्म कोरोनाबाट निको हुनेको दर ७६.९ प्रतिशत रहेको छ।