भारतमा संक्रमितको संख्यामा पुनः वृद्धि, ४ हजार बढीको मृत्यु

No Images Found

एजेन्सी : भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्यामा सामान्य वृद्धि भएको छ । मंगलबार २ लाख ८ हजार ७१४ जनामा कोरोना पुष्टि भएको छ।

यसअघि सोमबार नयाँ संक्रमितको आँकडा २ लाखभन्दा कम भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा २ लाख ९५ हजार ८५ जना कोरोना संक्रमण मुक्तका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ४,१५९ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ ।