स्याङजामा बलात्कारको आरोपमा एक बृद्ध प’ क्राउ

No Images Found

स्याङजा : प्रहरीले स्याङजामा जबरजस्ती करणीको आरोपमा ६० वर्षीय एक बृद्ध पक्राउ गरेको छ। बिरुवा गाउँपालिका निवासी २२ वर्षिया एक युवतीलाई पटक पटक जबरजस्ती करणीको आरोपमा दुर्गबहादुर दमैलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार विभिन्न डर, धाक, धम्की देखाउदै जबरजस्ती गर्ने गरेको युवतीको उजुरीका आधारमा पक्राउ गरिएको हो।

दमैले पहिलो पटक गएको असारमा र अन्तिम पटक माघमा जबरजस्ती गरेको उजुरीमा उल्लेख गरेको बताइएको छ। आरोपितलाई पक्राउ गरी जबरजस्ती करणीमा मुद्धा दर्ता भई अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ।