पाटनका युवाहरुको उदाहरणीय कामः ४२५ मजदुर परिवारलाई राहत वितरण

No Images Found

काठमाडौं : ललितपुर पाटनका युवाहरुले अति बिपन्न समुदायका ४२५ परिवारलाई खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेका छन् ।

कोरोनाभाइरस (कोभिड–१९) को दोस्रो भेरियन्ट नेपालमा पनि तिव्ररुपमा फैलिएसँगै आएको विभिन्न समस्याको कारण प्रत्यक्ष समस्या भोगीरहेका परिवारलाई सोमबार पाटनमा आयोजित एक कार्यक्रममा उक्त राहत वितरण गरिएको हो ।

युवाहरूको समूहले एकआपसमा रकम संकलन गरेर प्रतिपरिवारका दरले १० किलो चामल, १ लिटर खाने तेल, १ किलो दाल, १ प्याकेट नुन र १ प्याकेट मस्यौरा लगायतका सामग्री उपत्यकाको विभिन्न ठाँउहरु पाटन, न्यूरोड, नयाँबजार, डल्लु, रातोपुल, गोकर्ण लगायतका क्षेत्रमा समेत पुगेर त्यहाँ बसोबास गर्ने ज्याला, मजदुरी गरेर आफ्नो जीवन निर्वाह गर्दै आएकाहरुलाई राहत उपलब्ध गराइएको टोलीका सदस्य दीपक घिमिरेले जानकारी दिएका छन् ।

कोरोना महामारीबाट समस्यामा परेका नागरिकलाई आफूँहरुको व्यक्तिगत पहलमा थोरै मात्रामा भएपनि केही सहयोग गर्ने उद्देश्यले आफूँहरु लागि परेको युवा व्यवसायी मनिषबहादुर शाहीले बताएका छन्।