भारतमा सक्रिय संक्रमितको संख्या घट्दै

No Images Found

एजेन्सी : भारतमा पछिल्लो २४ घण्टामा २ लाख ८३ हजार १३५ जना संक्रमणमुक्त भएका छन्। यससँगै भारतमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २४ लाख १९ हजार ९०८ मा झरेको छ।

यस्तै, बिहीबार बिहानसम्म थप २ लाख ११ हजार २९८ जनामा संक्रमण देखिएको छ। पछिल्लो केही हप्तादेखि भारतमा नयाँ संक्रमितको घट्दै गइरहेको छ भने संक्रमण मुक्त हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ।

भारतमा थप ३ हजार ८४७ कोरोना संक्रमितको मृत्यु हुँदा कूल मृतकको संख्या ३ लाख १५ हजार २३५ पुगेको छ।

भारतमा कोरोनाको नयाँ संक्रामक भेरियन्टले संक्रमण बढेएको थियो। जसकारण गम्भीर बिरामी पर्ने र मृतकको संख्या पनि बढेको थियो। हाल भने निको हुनेको संख्या संक्रमितको ९० प्रतिशत पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।