उपत्यकामा मात्रै थ’ पिए २,३२४ संक्रमित

No Images Found

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २० हजार ११० वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर ६ हजार ९५१ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै दुई हजार ३२४ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै एक हजार ७९६ जना छन् । यस्तै, ललितपुरमा ३१५ र भक्तपुरमा २१३ संक्रमित थपिएका हुन् ।

देशमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ९६ जनाको मृत्यु पुष्टि भएको छ भले पछिल्लो २४ घण्टामा नौ हजार ८४१ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।