धनगढीमा एक युवक मृत फे’ ला

No Images Found

धनगढी : धनगढी बसपार्कमा एक युवक मृत फेला परेका छन् ।

प्रहरीका अनुसार अन्दाजी २८ वर्षीय युवक शुक्रबार बिहान बसपार्कमा रहेको प्रतिक्षालयमा उतानो पल्टिएको अवस्थामा मृत फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले मृत भेटिएका युवकको पहिचान हुन नसकेको जानकारी दिएका छन् ।

घटनास्थल कार्य सकेर प्रहरीले उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।