भेरी अस्पतालको घटना छानबिन गर्न सात सदस्यीय समिति गठन

No Images Found

काठमाडौं : बिहीबार राति भेरी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटना छानबिन गर्न समिति गठन भएको छ ।

शुक्रबार बसेको सरोकारवाला निकायको बैठकले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टको नेतृत्वमा मा सात सदस्यीय समिति गठन गरेको हो ।

समितिमा चिकित्सक संघ, नर्सिङ संघ, अस्पताल प्रशासन र जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि समेत राखिएको छ । समितिलाई आजैबाट काम थाल्ने र ३ दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउन भनिएको छ ।

समितिमा मेडिकल एसोसिएसनको तर्फबाट विनोद कर्ण, अस्पताल व्यवस्थापन समितिको तर्फबाट कृष्णप्रसाद श्रेष्ठ, नर्सिङ एसोसिएसनको तर्फबाट लक्ष्मी ओली सहित जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि र अस्पतालका एक चिकित्सक रहेका छन् ।