मोरङमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

No Images Found

काठमाडौं : ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोरङको कानेपोखरी गाउँपालिका-५ शान्ति चोकमा एक जनाको मृत्यु भएको छ।

बिहीबार साँझ ६ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को२त ९८५८ नम्बरको ट्याक्टरले वितरीत दिशाबाट आउँदै गरेको को३२प ३७६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

मृत्यु हुनेमा चालक कानेपोखरी गाउँपालिका-२ केरौनका ३२ वर्षीय दिलीप चौधरी छन्।

उनको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा बेलुका पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।