राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य देवकोटाले लिए ‘पद तथा गोपनीयताको सपथ’

No Images Found

काठमाडौं : राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य डा. खिमलाल देवकोटाले शुक्रबार दिउँस सपथ ग्रहण गरेका छन् ।

देवकोटालाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ गराएका हुन् । संघीय संसद सचिवालयमा आयोजित एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ गराइएको हो ।

गत जेठ ६ गते भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा ओली पक्ष एमालेका उम्मेदवार रामबहादुर थापालाई देवकोटाले पराजित गरेका थिए ।

देवकोटाले ५ हजार ८८ मतभार पाएका थिए भने पराजित भएका थापाले ४ हजार १४ मतभार पाएका थिए । माओवादी केन्द्रले एमालेमा लागेका थापालाई कारवाही गरेपछि रिक्त भएको सो स्थानका लागि उपनिर्वाचन गरिएको थियो ।