सुनको भाउमा गिरावट, चाँदीको भाउ चौथो दिन पनि स्थिर

No Images Found

काठमाडौं : कारोबार साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिन बिहीबार भने छापावाल सुन ९४ हजार २०० रुपैयाँ र तेजावी सुन ९३ हजार ७०० रुपैयाँ रहेको थियो ।

यता, चाँदीको भाउ आज चौथो दिन पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी एक हजार ३५० रुपैयाँ प्रतितोलामा नै कारोबार भएको छ ।