जंगली जनावरको आ’ क्रमणबाट १५० कालिज मृत फेला

No Images Found

काठमाडौं : ताप्लेजुङको फुङलिङ नगरपालिकामा डेढ सय कालिज जंगली जनावरको आक्रमणले मरेका छन् ।

फुङलिङ नगरपालिका ८ स्थित सुकेटार नजिकै रहेको वाइल्ड लाइफ एग्रो फर्ममा रहेका १५० भन्दा बढी कालिज गए राती जंगली जनावरको आक्रमणले मरेका हुन् ।

राती आक्रमण भएकाले ठुलो संख्यामा क्षति भएको फर्म सञ्चालक नबिन भट्टराईले बताएका छन् ।

हुर्केर बिक्री गर्ने समयमा पुगेका एक सय ५० बढी कालिज मर्दा झण्डै ४ लाख बढीको क्षति भएको भन्दै सञ्चालकले दुःख व्यक्त गरेका छन् ।

स्थानीय तीन जना युवा मिली साझेदारीमा फर्म सञ्चालन गरेका थिए ।