‘भ्वाइस अफ नेपाल’का कोच गायक दीप श्रेष्ठको स्वास्थ्य अवश्था सुधार हुदैँ

No Images Found

काठमाडौं : वरिष्ठ गायक तथा ‘द भ्वाइस अफ नेपाल’का कोच दीप श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न डाक्टरलाई उदृत गर्दै चलचित्रकर्मी एवम् लेखक प्रकाश सायमीले बताएका हुन्।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक माफर्त सबैको प्रार्थना र कामनाले नेपाली सुगम सङ्गीतका धरोहर दीप श्रेष्ठको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका छन्।

शरीरमा अक्सिजनको मात्रा कमी भएपछि श्रेष्ठलाई गत शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणका कारण अहिले पनि उनको उपचार ह्याम्स अस्पतालमा नै भइरहेको छ ।